सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भन्सार दर बढेपछि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

भन्सार दर बढेपछि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौँ । सरकारले आयातमा भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार नेपाली बजारमा सुन तोलामा १ हजार ७ सय रुपैयाँ वृद्धि हुँदै नयाँ रेकर्ड कायम गर्न पुगेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सरकारले गत मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सुनको भन्सार दर ५ प्रतिशत बढाएरपछि यसको असर स्थानीय बजारमा परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

सुनको भाउले नयाँ रेकर्ड राख्नुमा भन्सारदर मुल कारण रहेको उनले सुनाए । गत वर्ष बढाएर १५ प्रतिशत पुर्याएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स २३ सय ४२ डलर पुगेको छ । बिहीबार प्रतिआउन्स २३ सय ३५ डलर थियो । एक दिनमा ७ डलर बढेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend