काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने भएकाे हाे ।
जेठ १५ गते संसद्मा अर्थमन्त्री वर्षमान पुनले पेश गरेकाे आर्थिक वर्ष २०८१/८२ को बजेट सम्बन्धमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको हो ।
बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।