एजेन्सी । अफ्रिकी नेताहरूले विश्वव्यापी वित्तीय संरचनामा सुधारको लागि आह्वान गरेका छन् । महाद्वीपको अस्थिर ऋण र जलवायु कमजोरीहरूको लागि अझ बढी उत्तरदायी हुनुपर्ने आवश्यकतामा उनीहरुले जोड दिए ।
केन्याको नैरोबीमा भएको बैठकमा नेताहरूले अफ्रिकी देशहरू उच्च वित्तीय ब्याजदर, जलवायुको असर र सरकारी राजश्वमा सिमिततासँग संघर्ष गरिरहेकाले परिवर्तनको आवश्यकता रहेको बताए ।
अफ्रिकाका चुनौती र अवसरहरूलाई सम्बोधन गर्नका लागि क्षेत्रीय देशका राष्ट्र प्रमुखहरू, वरिष्ठ अधिकारीहरू र विज्ञहरूलाई एकै ठाउँमा ल्याउने पाँच दिने बैठकमा उच्च–स्तरीय पूर्ण सत्रहरू र विषयगत ज्ञान कार्यक्रमहरू समावेश थिए ।