सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

नेको इन्स्योरेन्समा आधा दर्जन जलविद्युत आयोजनाको प्रस्ताव, प्राविधिक मूल्यांकन हुँदै

नेको इन्स्योरेन्समा आधा दर्जन जलविद्युत आयोजनाको प्रस्ताव, प्राविधिक मूल्यांकन हुँदै

काठमाडौं । निजी तथा सार्वजनिक लगानीमा सञ्चालित नेको इन्स्योरेन्स लिमिटेडले जलविद्युत आयोजना बनाउन लागेको छ । आयोजना बनाउन उस्ले १५ दिन समय दिएर प्रस्ताव मागेको थियो । आधा दर्जन आयोजनाबाट प्रस्ताव परेको कम्पनीका वित्त प्रमुख भुवन महतले सुनौलो नेपाललाई बताए ।

उनले आयोजनाको प्रविधिक मूल्यांकन भइरहेको जानकारी दिए । मूल्यांकनको क्रममा रहेकाले आयोजनाको नाम खुलाउन नमिल्ने उनको भनाई छ । मूल्यांकनपछि सञ्चालक समितिबाट पारित भएपछि मात्र आयोजनाको नाम खुलाउने उनले बताए । पछिल्लो समयमा जलविद्युतमा निजी लगानी बढीरहेका बेला निर्जीवन बिमा व्यवसाय गर्दे आएको नेको इन्स्योरेन्सले न्यूनतम ५० मेगावाटदेखि २ सय मेगावाटसम्म जलविद्युत आयोजना बनाउन लागेको हो ।

मुलुकको पूर्वाधार विकासमा योगदान गर्न जलविद्युतमा सहभागी भएर लगानीलाई विविधिकरण गर्ने उद्देश्य अनुसार जलविद्युत आयोजना बनाउन लागेको नेको इन्स्योरेन्सले जानकारी दिएको छ । नेकोले ‘टेक्निकल स्पेशिफिकेसन’ भित्र पर्ने जलविद्युत आयोजना खरिद गरेर आफैले निर्माण थाल्ने जानकारी दिएको छ ।

जलविद्युत आयोजना खरिद गरेर निर्माण गर्ने नेको मुलुककै पहिलो निर्जीवन बिमा कम्पनी बन्ने भएको छ । बिमा कम्पनीरुको अधिकांश लगानी बैंकको मुद्धति निक्षेपमा हुने गरेको छ । तर कम्पनीहरुले जलविद्युत आयोजनाको बिमा गरिरहेका छन् ।

नेकोले न्यूनतम ५० मेगावाटदेखि २ सय मेगावाटसम्मका आयोजना बनाउने योजना अघि सारेको छ । कम्पनीले नदी प्रवाही (आरओआर) अर्धजलासय (पिआरओआर) र जलासय (स्टोरेज) जुन आयोजना भए पनि बनाउने भएको छ ।

आशयपत्रमा जलविद्युत आयोजनाको सुरुङको लम्बाइ बढीमा ८ किलोमिटर हुनुपर्ने, यस्तै आयोजनाको विद्युतगृहबाट नेपाल विद्युत प्राधिकरणको सबस्टेशन दुरी बढीमा २० किलोमिटर हुनुपर्ने, विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पिपिए) भएको वा प्रक्रिया अघि बढेको हुनुपर्ने नेकोले जनाएको छ ।

यस्तै विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिएको वा लिने प्रक्रिया अघि बढेको हुनुपर्ने छ । आयोजनाको खुद हेड ६ सय मिटर अग्लो हुनुपर्ने कम्पनीले जनाएको छ ।

नेकोले छनौट गरेको आशयपत्र अन्तर्गतको आयोजना खरिद वा लगानी गर्नको लागि आवश्यक स्वीकृति प्राप्त भएपछि आयोजना धनीसँग सम्झौता गरि भुक्तानी गरीने र स्वामित्व हस्तानन्तरण हुने कम्पनीले जानकारी दिएको छ ।

नेको इन्स्योरेन्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनी हो । नेकोले चालू आर्थिक वर्षको ९ महिनामा १५ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

याे पनि : 

नेको इन्स्योरेन्सले जलविद्युतमा लगानी गर्ने, २०० मेगावाट आयोजना बनाउन प्रस्ताव माग

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend