logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी सांसदहरुको सुझाव

    बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी सांसदहरुको सुझाव

    532
    Shares
    बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी सांसदहरुको सुझाव

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरुले बजेट राजनीतिक, आर्थिक र सत्ता समिकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् ।

    पार्टीका सांसदहरुले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समिकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    उनले भने, ‘संसदीय दलको बैठकमा मुख्यतः बजेट, जो छलफलमा जाँदैछ । पर्सी आईतबारदेखि बजेट उपर माननीय सदस्यहरुको के धारणा छ, कसरी प्रश्तुत हुने ? एउटा यो विषयवस्तुमा ओरेन्टेशनका लागि यो बैठक मूल रुपमा आयोजना भएको हो । यो बैठकले खास गरेर सम्माननीय प्रधानमन्त्रज्युले राजनीतिक रुपमा अहिलेको स्थिति के छ, हामी कसरी जाने हो ? अनि त्यसपछि अव बजेटमा हामी कसरी प्रश्तुत हुने हो ? भन्ने बारेमा र सँगसँगै माननीय सदस्यहरुलाई बजेट कस्तो लाग्यो, यसका क्रियाप्रतिक्रियाहरु कस्ता लागे ? यो बारेमा पनि आफ्नो धारणा लिएर एउटा आरेन्टेशनका लागि भनेर यो बैठक आयोजना गरिएको थियो ।

    राष्ट्रिय सभाको तर्फबाट प्रमुख सचेतक माननीय गोपीबहादुर अछामीले त्यहाँको रिपोर्ट गर्नुभयो । मैले प्रतिनिधि सभामा भए, गरेका कामहरुको रिपोर्टिङ गरेँ । त्यसपछि बजेटका बारेमा करिव १२ जना माननीयहरुले बजेटबारे आफ्नो सुझाव प्रस्तुत गर्नु भयो । माननीय अर्थमन्त्रीले बजेटको मूल ओरेन्टेशन के थियो र अहिलेसम्म हामी कसरी अघि बढेका छौं ? भन्ने कुरा राख्नुभयो । र सम्माननीय प्रधानमन्त्रीज्युले अन्तिममा यसलाई संश्लेषण गरेर बजेटका बारेमा यसरी प्रश्तुत हुने भनेर राख्नुभयो । क्रियाप्रतिक्रियाको रुपमा पनि के आयो भने यो बजेट अहिलेको सापेक्षतामा हाम्रो देशका अर्थ व्यवस्था, राजनीतिक अवस्था, हामी समिकरणका साथ जसरी अघि बढिराखेका छौं ।

    यो सबै हिसावले अहिलेको बजेट सन्तुलित छ । यसले सही दिशा पक्रेको छ । अब यसलाई कार्यान्वयनका लागि जोड गरेर जानुपर्छ भन्ने नै माननीय सदस्यहरुको सुझाव आयो । त्यही रुपमा अब बजेटमा प्रश्तुत हुँदा पनि अव छलफलमा प्रश्तुत हुँदा पनि बजेटको यो सकारात्मक विषयवस्तुलाई यड गर्ने गरेर यसका साथसाथै आफूलाई लागेका अरु कुरा पनि सुझावको रुपमा प्रस्तुत गर्ने गरेर माननीय सदस्यहरुलाई राष्ट्रियसभामा पनि, प्रतिनिधिसभामा पनि सहभागी हुनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले निर्देशित गर्नुभएको छ ।’

    ‘यो बजेटले आम जनतामा एक किसिमको आशा र उत्साह जगायो भनेर सम्माननीय प्रधानमन्त्रीज्युले संश्लेषण गर्नुभयो । यो बजेटको मुल आरेन्टेशन भनेको समाजवादको आधार तयार बनाउनका लागि खास गरेर उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि, र सामाजिक न्यायलाई मुल ओरेन्टेशन बनाएर बजेट आएको छ । अहिले बजेटको सिमितता छ ।

    तर फेरि पनि आर्थिक गतिविधिलाई चलायमान बनाउँदैल गतिशील बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ भनेर अर्थमन्त्रीजीले पनि विश्लेषण गर्नुभयो ।समितिका कामहरुमा पनि सबै लाग्ने र २० गतेदेखि उता लगातार बजेटउपर छलफललाई गतिका साथ अघि बढाउने भन्ने कुरा आएको छ । टिआरसीसँग सम्बन्धित विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयक, जो आईसकेका छन् । र कोही अन्तिममा पनि पुगेको छन । ती विधेयकहरुको काममा पनि त्यत्तिकै तिब्रताका साथ जाने भन्ने किसिमको निर्णय भएको छ’ उनले भने ।

    बैठकले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक, निजामती कर्मचारी सेवा सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका संसद र संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको छलफललाई तिब्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ ।

    संसद र संसदीय समितिका बैठकहरुलाई तिब्रता दिएर बजेट र अन्य महत्वपूर्ण विधेयकहरुलाई पनि टुंगोमा पर्याउने काममा तीव्रता दिने निर्णय बैठकले गरेको पनि प्रमुख सचेतक पाण्डेले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend