logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    2.6K
    Shares
    आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले शनिबारदेखि लागु हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमले शुक्रबार एक सूचना प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

    भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची आज शुक्रबार पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो । सरकारले बजेट वक्तव्यमार्फत लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेकोे जनाएको छ ।

    सरकारले हरित करको रुपमा पेट्रोल र डिजेलमा लिटरमा १ रुपैयाँ कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो । घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १सय ५३ रुपैयाँ कायम भएको छ ।

    यसैगरी निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने उक्त सूचनामा प्रकासित गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ८१.५४ डलर कायम भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend