logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीको असन्तुष्ठी, माओवादीको मात्र भएको आरोप

    परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीको असन्तुष्ठी, माओवादीको मात्र भएको आरोप

    1.1K
    Shares
    परामर्श नगरी बजेट ल्याएको भन्दै ओलीको असन्तुष्ठी, माओवादीको मात्र भएको आरोप

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही त्रुटि रहेकाले यस विषयमा संसदमा खुलस्त छलफल गर्नेु बताएका छन् ।

    शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गर्दै आगामी आर्थिक वर्षको बजेट अलि बढी एकातिर ढल्किएको जस्तो देखिएको बताए ।

    उनले भने, ‘बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ ।’

    सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend