काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले हुकुमी शासन गर्न लागेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।
खतिवडाले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरे ।
उनले भने, ‘मापसेमा लर्बर हुँदै ट्राफिकको काम गर्न थालेपछि पहेँलो ज्याकेट लगाउने सबै मापसेमा परेमा भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत कता जान्छ ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् ।’