शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सेयर बजारमा दाेहाेराे अंकको बृद्धि, ४ अर्बमाथिको कारोबार

सेयर बजारमा दाेहाेराे अंकको बृद्धि, ४ अर्बमाथिको कारोबार

काठमाडाैं । साता काराेबारकाे पहिलाे दिन आइतबार सेयर बजार बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अकंले बढेर २०८३.०४ बिन्दुमा बन्द भएको छ ।

आज १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आइतबार ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको २२ करोड ६४ लाख रुपैयाँको सेयर अकारोबार भएको छ । पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै आज मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शका लगानीकर्ताले ८.८५ प्रतिशत र अपर सोलुका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् ।

आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend