logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छ : सांसद शर्मा

    बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छ : सांसद शर्मा

    630
    Shares
    बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छ : सांसद शर्मा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन् । आईतवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ माथि छलफल गर्दै बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका हुन् ।

    बजेटले समाजवादी आधार तयार पार्ने दिशा पक्रेको पनि बताए । उनले निजी, सार्वजनिक र सरकारी स्वामित्वको मोडेलबाट मात्र समाजवादको आधार तयार गर्न सकिने भन्दै उहाँले सोही अनुरुपको बजेट रहेको बताए । त्यस्तै बजेटले सामाजिक न्याय र समृद्धिको दिशा पक्रेको पनि उनको भनाई छ ।

    उनले भने– ‘बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको अनुभुति गर्न सकिन्छ । यो बजेटले समाजवादको आधार तयार पार्ने स्प्रिट समातेको छ । कार्यान्वयनको हिसावले कतापटि जान्छ हेर्न बाँकी छ । यसको स्प्रिट समाजवादको आधार तयार पार्ने ढंगले अगाडी बढेको महशुस भएको छ । किनकी समाजवादको आधार भनेको स्वभाविक हिसाबले निजी स्वामित्वलाई मात्रै प्राथमिकता दिएर वा विशुद्ध निरपेक्ष रुपमा राजकीय स्वामित्वलाई मात्र प्राथमिकता दिएर बन्दैन । निजी, सार्वजनिक र सरकारी स्वामित्वबाट पीपीपीको मोडेलबाट गएर आधार तयार पार्न सकिन्छ । समावेशी र समानुपातिक आधारमा दलिय प्रतिष्पर्धा र प्रतिष्पर्धाभित्र पनि कार्यान्वयन गर्नका निम्ति सहमती, सहकार्य र एकताको स्प्रिट समातेको छ राजनीतिक हिसाबले । सांस्कृतिक, सामाजिक हिसाबले यसले सामाजिक न्याय र समृद्धिको दिशा पक्रेको छ ।’

    उनले नेपाल बन्दैन भन्ने भाष्य स्थापित गराउन खोज्नेहरुलाई बजेटले झापड दिएर नेपाल बन्छ भन्ने स्थापित गराउन खोजेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend