logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मिडिया काउन्सिल विधेयक २०८० राष्ट्रिय सभामा प्रस्तुत

    मिडिया काउन्सिल विधेयक २०८० राष्ट्रिय सभामा प्रस्तुत

    847
    Shares
    मिडिया काउन्सिल विधेयक २०८० राष्ट्रिय सभामा प्रस्तुत

    काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आईतवारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकी हुन् ।

    विधेयकमाथि सांसदहरुले सभा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् । मन्त्री शर्माले जवाफ दिएसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

    त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रश्तुत गरेको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक सोमवार दिउँसो मध्यान्ह सवा १२ बजे बस्ने गरी स्थगित भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend