logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • फेसबुक मार्फत कोरोना संक्रमित भेटिए भन्दै हल्ला फैल्याउने एक जना पक्राउ

    फेसबुक मार्फत कोरोना संक्रमित भेटिए भन्दै हल्ला फैल्याउने एक जना पक्राउ

    1.4K
    Shares

    दमौली : कोरोना भाइरस कोभिड १९ संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैल्याउने एक जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत् तेह्रथुम जिल्ला म्याङगलुङ ७ स्थायी घर भई हाल व्यास २ दमौलीमा बस्दै आएका ३४ वर्षीय नवराज ढुङगानाले दमौलीमा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गरेको भन्दै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

    आफ्नो फेसबुकको आइडीमार्फत “तनहुँको दमौलीमा कोरोना संक्रमित ३ जना पुष्टि भएको छ ” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारवाहीका लागि ढुङगनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend