logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती शुरु गरौँ : सांसद यादव

    प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती शुरु गरौँ : सांसद यादव

    567
    Shares
    प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती शुरु गरौँ : सांसद यादव

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका हुन् ।

    उनले सांसदहरुको अग्रसरतामा प्रत्येक निर्वाचन क्षेत्रमा १० बिगाहामा सामुहिक खेती गर्न सकेमा यसले किसानहरुलाई पनि चेतना दिने बताए । उनले जनताको प्रत्येक खेतमा सिचाइँको व्यवस्था भएमा जनताको हातमा काम हुने र देशलाई समृद्धिको बाटोमा हिँडाउन सकिने बताए ।

    उनले भने– ‘यो बजेटमा नेपाली जनतालाई प्रत्येक खेतमा सिंचाईको व्यवस्था भइदियो भने सम्पूर्ण नेपाली जनताको हातमा काम हुन्छ । यसले मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउँछ । सबै सांसद आफ्नो निर्वाचन क्षेत्रमा पहाड र तराई, मधे िएउटा–एउटा आफ्नो निर्वाचन क्षेत्रमा १० बिघाहामा सामुहिक खेतीको विकास गर्नसक्यौँ भने यसले सबैलाई चेतना दिन्छ ।’

    सांसद यादवले रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आइरहेको भन्दै जैविक मलको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend