कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।
अस्पताल स्रोतका अनुसार महिलाले जन्माएको शिशु, श्रीमान् , सासु र बहिनीमा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएको हो । उनीहरूको परीक्षण धुलिखेल अस्पतालमा गरिएको हो ।
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको थियो ।
उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।
तर, घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको थियो ।