logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड भ्रष्टाचार मुद्दा

    गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड भ्रष्टाचार मुद्दा

    1.8K
    Shares
    गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड भ्रष्टाचार मुद्दा

    काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो दाबी माग गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जनसहित चार जना कर्मचारी र ९ जना क्रसर उद्योगीलाई विपक्षी बनाई सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

    उनका अनुसार उनीहरुविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् । गोदावरीको ढुंगा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्याएको उनीहरुमाथि आरोप छ।

    भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरु निलम्बनमा परेका हुन् ।

    ‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ ।

    नगरपालिकामा क्रसर, खानी तथा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, वेस, चिप्स) मा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोडौं रुपैयाँ राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा खानीजन्य, नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थ (ढुङ्गा, गिट्टी, रोडा, बालुवा लगायत) को बोलपत्र आह्वानपछि ठेक्‍का सम्झौता गरी नगरपालिकाले राजस्व निर्धारण गर्दा संविधान, संघीय ऐन, बागमती प्रदेश ऐन, स्थानीय सरकार सञ्चालन ऐनसमेतको प्रचलित कानूनलाई बेवास्ता गरेको दाबी अख्तियारको छ ।

    अख्तियारले मेयर महर्जन, उपमेयर अधिकारी, तत्कालिन प्रशासकीय अधिकृत प्रविन कोइराला, नगरपालिका राजस्व प्रमुख श्रीकण्ठ घिमिरे, कर्मा कन्स्ट्रक्सनका रवि महर्जन र निराकार ढुङा रोड उद्योगका सञ्चालक मधुसुदन डोटेललगायतलाई जनही २६ करोड ६३ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend