logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • कोरोनाको विपतमा आरएनए–१६ समुहले गरे सह्रानिय काम

    कोरोनाको विपतमा आरएनए–१६ समुहले गरे सह्रानिय काम

    1.9K
    Shares

    धुलिखेल अस्पतालमा कोरोनाको कारणले सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको खबर शनिबार दिउँसोबाट चारैतिर मिडियामा  फैलिसकेको थियो । सरकारले कोरोनाकै कारण उनको मृत्यु भएको घोषणा नगरेपनि स्थानीय प्रशासनले अस्पतालको रिपोर्टलाई आधार मानेर शव कसरी व्यवस्थापन गर्ने भनेर छलफल सुरु गरिसकेको थियो । दुई पटक परीक्षण गर्दा पनि कोरोना देखिएपछि अस्पताल र स्थानीय तहले बिषेश खालको तयारी गरिरहेका थिए ।

    तैपनि थप पुष्टि गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट नआएसम्म सबैमा अन्योल नै थियो । साँझतिर घटना बारे बुझन स्वास्थ्य मन्त्रालयबाट डा. गुणराज लोहनीसहितको टोली धुलिखेल नै पुग्यो । मृतकको शव छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले बनाएको कार्यविधिमा उल्लेख भएकोले टोलीको सुझावको आधारमा ती महिलाको शव अन्त्येष्टि गर्नुपर्ने भयो ।

    शवको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गर्ने निर्णय भयो । त्यसपछि प्रशासनले काभ्रेको एम्बुलेन्स र शव वाहनलाई आग्रह गर्‍यो । तर, कसैले मानेन् । अब भने काभ्रे प्रशासनलाई आपत पर्‍यो ।

    काभ्रेको सुरक्षा निकायले भक्तपुरसँग सहयोग माग्यो । भक्तपुरमा भने महानगरीय प्रहरी परिसर र विरदल गणले निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाएको थियो ।

    जब – जब देशमा संकट आइपर्छ, तब–तब योद्धाहरुको आवश्यकता पर्दछ । राजनीतिक परिर्वतन होस् वा प्रकृतिक संकटको समयमा अग्रभागमा खटिने र नेतृत्व गर्नेहरुको खाँचोहुन्छ ।

    आइतबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापनमा खटिएका आरएनए–१६ समूहको चौतर्फी प्रशंसा भइरहेको छ । चुनौतिपूर्ण काममा फ्रन्टलाइनमा खटिएका अरुण र राजेश यतिबेला सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले व्यवस्थापन गरेको आइसोलेसन कक्षमा छन् ।

    सुनौलो नेपाल सँग कुरा गर्दै अरुणले भने ‘आरएनए–१६ समुहमा हामी १ सय ८५ जना छौँ, अहिले विशेष कोरोनाको लागि भनेर हामी चार जना खटिएका छौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend