मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी २० विश्वकप’को निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने

टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी २० विश्वकप’को निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने

काठमाडौँ । ‘टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ ।

नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि नेपाल र नेदरल्याण्ड्सको खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलईडी स्क्रिन राखिनेछन् ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको साङ्गीतिक प्रस्तुति हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend