काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन अगाडि देखिएको छ ।
५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान सवा ९ बजेको रुझान अनुसार २६२ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ ।
कांग्रेस नेतृत्वको गठबन्धन १९१ सीटका साथ पछ्याइरहेको छ । यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ ।