नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलाइन्सको वाइडवडी जहाज आजै बेलुकी चीन जाने लागेको हो ।
चीनबाट स्वास्थ्य समाग्री लोड गरेर मंगलबार बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।
यसअघि सेनाले ग्वान्जाओबाट १० वटा कन्टेनर मार्फत ९ टन स्वास्थ्य समाग्री काठमाडौं ल्याइसकेको छ । ग्वान्जाओबाट १३ दिन लगाएर सेनाले शनिबारमात्रै स्वास्थ्य समाग्री काठमाडौं ल्याएको थियो ।