एजेन्सी । दक्षिण कोरियाले मंगलवार प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियासँग सेप्टेम्बर १९ औं सैन्य सम्झौताको पूर्ण निलम्बनलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री हान डक–सुको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गत दिन राष्ट्रिय सुरक्षा परिषद् (एनएससी)को कार्यस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दुई पक्षबीचको आपसी विश्वासको पुनःस्थापना नभएसम्म सैन्य सम्झौताको सम्पूर्ण प्रभाव रोक्ने निर्णय गरेको छ ।
सन् २०१८ को प्योङयाङमा भएको अन्तर–कोरियाली शिखर सम्मेलनमा दुवै पक्षका रक्षा प्रमुखहरूले सीमा पारबाट हुने सबै शत्रुतापूर्ण कार्यहरू रोक्न सम्झौतामा हस्ताक्षर गरेका थिए ।