logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौंका मेयर बालेन साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला

    काठमाडौंका मेयर बालेन साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला

    812
    Shares
    काठमाडौंका मेयर बालेन साहले अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला

    काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का पछिल्लो अभिव्यक्तिले आफैलाई गिज्याईरहेको टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाई थियो ।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए । प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौति दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर साहलाई सचेत गराए ।

    प्रमुख सचेतक बर्तौलाले भने, ‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरु आयो । महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरु जसरी गरिरहनु भएको छ । त्यो राम्रो होइन । उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याईरहनु भएको छ । मेयर जस्तो एउटा सम्माननित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरुले असाध्यै होचो बनाइरहेको छ । स्वयम उहाँले सोच्नुपर्छ । एउटा युवा धेरै जनताले आशा पनि गरेको अवस्था हो उहाँप्रति । त्यसकारण त्यो भरोसा र आशा जागेर उहाँ मेयरको त्यति महत्वपूर्ण गरिमामय जिम्मेवारीमा हुनुहुन्छ ।

    तर उहाँले यो देशको नेतृत्वहरुप्रति, पूर्वप्रधानमन्त्रीहरु प्रति जुन ढंगबाट सधै निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकाका साथ जे प्रश्तुती गरिरहनु भएको छ । यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरवार जलाई दिन्छु भन्ने, कहिले के भन्ने । यस प्रकार राज्यका विद्यमान कानुनी प्रवन्धहरुलाई नै चुनौति दिनेगरी एक जना मेयरले जे हर्कत गरिरहेको । यो राम्रो होइन । कानूनी शासनको पक्षमा उभिएका, राष्ट्रको हितको पक्षमा उभिएका सबै शक्तिहरु, सबै व्यक्तिहरु वा जोसुकै हुन । तिनीहरुमाथि गलत ढंगबाट नकारात्मक टिप्पणी गरेर ताछ्ने शैलीका साथ जे श्रृंखला अवलम्बन भईरहेको छ । यो सच्याउन पर्छ उहाँले । ’

    प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनैपनि व्यक्तिले चुनौति दिन नमिल्ने पनि बताए ।

    याे पनि : 

    काठमाडौंका मेयर बालेनको केपी ओलीप्रति कटाक्ष : गिरिबन्धुको कर्तुत डाईभट गर्न न्युरोडको सडक बनाए

    केपी ओलीले भने : गिरिबन्धु टि स्टेटबारे बालेनलाई सोध्नुस्

    काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend