logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री पुनले बजेटमाथिका प्रश्नको जवाफ दिने

    प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री पुनले बजेटमाथिका प्रश्नको जवाफ दिने

    364
    Shares
    प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री पुनले बजेटमाथिका प्रश्नको जवाफ दिने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।

    बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

    यसैगरी, विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमतित माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

    यस्तै, अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति मान्गने प्रस्ताव प्रस्तुत गर्ने भन्सार महशुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend