एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आफ्नो मन्त्रिपरिषद्ले राजीनामा बुझाएपछि प्रधानमन्त्री मोस्तफा माडबौलीलाई नयाँ सरकार गठन गर्न निर्देशन दिएका छन् । माडबौलीलाई उच्च दक्ष, दक्ष र अनुभवी व्यक्तिहरूसहितको नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिइएको छ ।
सिसीले नयाँ सरकारले इजिप्टको राष्ट्रिय सुरक्षालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय चुनौति, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास, राजनीतिक संलग्नता सुदृढ गर्ने प्रयास जारी राख्ने र सुरक्षा, स्थायित्व र आतंकवादबिरुद्धको प्रयासमा विगतका उपलब्धिहरूको निर्माणलाई प्राथमिकता दिनुपर्ने आदेश दिए । उनले नयाँ मन्त्रिपरिषद्लाई लगानी आकर्षित गर्ने र अभिवृद्धि गर्ने, निजी क्षेत्रको वृद्धिलाई प्रोत्साहन गर्ने, मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रण गर्नेतर्फ केन्द्रित भएर आर्थिक सुधारमा लागिरहन निर्देशन दिएका छन् ।
नयाँ सरकार नबनेसम्म वर्तमान सरकारले जिम्मेवारी पूरा गर्ने उल्लेख गरेको छ । राज्यद्वारा सञ्चालित समाचार वेबसाइट अहराम अनलाइनका अनुसार सन् २०१८ देखि प्रधानमन्त्रीको रूपमा काम गरिरहेका माडबौलीको नेतृत्वमा भएको यो चौथो मन्त्रिपरिषद् फेरबदल हो । पछिल्लो मन्त्रीस्तरीय फेरबदल अगस्ट २०२२ मा भएको थियो । सिसीले अप्रिलमा लगातार तेस्रो राष्ट्रपतीय कार्यकालगरेका थिए ।