logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ५ अर्ब लगानीमा कान्तिपथमा पाँचतारे होटल ओएसिस बन्दै

    ५ अर्ब लगानीमा कान्तिपथमा पाँचतारे होटल ओएसिस बन्दै

    2.2K
    Shares
    ५ अर्ब लगानीमा कान्तिपथमा पाँचतारे होटल ओएसिस बन्दै

    काठमाडौं । पछिल्ला वर्ष आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा निजी लगानी बढिरहेको छ ।

    कोरोना महामारीको असर हटेपछि ठूलो लगानीमा पाँचतारे स्तरका होटल निर्माण हुने क्रम बढेको छ ।

    चौधरी ग्रुपलगायत केही व्यवसायीको साझेदारीमा राजधानीको कान्तिपथमा पाँचतारे ओएसिस होटल प्राइभेट लिमिटेड सञ्चालनमा आउने भएको छ ।

    होटल आगामी २०२८ अगावै सञ्चालनमा ल्याउने तयारी छ । होटल निर्माणको तयारी प्रारम्भीक चरणमा रहेको छ ।

    १ सय ६६ कोठा भएको पाँचतारे होटल बनाउन ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ लगानी हुने अनुमान छ । जग्गा खरिदमा कूल अनुमानित लागतको २२ प्रतिशत खर्च भएको होटल ओएसिसले जनाएको छ ।

    होटल निर्माण सुरु भएको ३ वर्षमा सक्ने लक्ष्य लिइएको छ । प्रस्तावित ओएसिसमा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । होटलको भवन परिसर करिब १० रोपनी क्षेत्रफल जमिनमा हुनेछ ।

    हचौधरी ग्रुपको आर एन्ड आर सिटी सेन्टर प्रालिका साथै पर्यटन, कृषि र हस्पिटालिटी क्षेत्रमा कार्यरत लगानीकत अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठको संयुक्त लगानीमा होटल आउन लागेको हो । ओएसिसले ७० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    होटलको अनुमानित लागत ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ छ । जसअनुसार ६० प्रतिशत बैंकको ऋण र बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइने गरी लगानी संरचना तयार पारेको ओएसिसले जनाएको छ ।

    कुल लागतको २२ प्रतिशत रकम जग्गा खरिदलगायतमा लगानी भइसकेको छ । ओसिस होटल सन् २००६ मा स्थापना भएको हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend