बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मध्य गाजामा इजरायली आक्रमणः ७५ जनाको मृत्यु

मध्य गाजामा इजरायली आक्रमणः ७५ जनाको मृत्यु

एजेन्सी । मध्य गाजापट्टीका धेरै क्षेत्रहरूमा इजरायली आक्रमणमा कम्तीमा ७५ प्यालेस्टाइनीको मृत्यु भएको छ । सुरक्षा स्रोतहरूका अनुसार इजरायली विमान र तोपखानाले मध्य गाजामा रहेको अल–बुरेइज र अल–मगाजी शरणार्थी शिविर र देइर अल–बालाहको पूर्वमा धेरै स्थानहरूमा आक्रमण गरेका थिए ।

आवासीय घर र कृषि जग्गालाई निशाना बनाउँदै राति र बिहानसम्म हिंसात्मक हवाई र आक्रमण जारी रहेको स्रोतले जनाएको छ । इजरायली बमबारीका कारण बालबालिका र महिलासहित ७५ प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएको चिकित्सा स्रोतहरूले पुष्टि गरेका छन् ।

मध्य गाजाको अल–बुरेज शिविरमा इजरायली हवाई र स्थल हमला पछि यो वृद्धि भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend