सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सन्दिपले विश्वकप क्रिकेट खेल्न नपाउनुमा सरकार समेत जिम्मेवार छ : विश्वप्रकाश शर्मा

सन्दिपले विश्वकप क्रिकेट खेल्न नपाउनुमा सरकार समेत जिम्मेवार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दिप लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको बताएका छन् ।  अहिले अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दिपले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्थामा सरकार समेत जिम्मेवार रहेको उनको भनाइ छ ।

सन्दिपको भिसाका लागि सरकारले उचित पहल नगरेको बताए। बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रनुहुन्न हामी कैयौंले भन्यौं। तर, सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो ।’

लामिछानेको भिसाका लागि खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारले समयमै उचित पहल नगरिदिएको उनको टिप्पणी छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend