सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छ : सचेतक चौधरी

शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छ : सचेतक चौधरी

काठमाडौं । नेकपा(माओवादी केन्द्र) की सचेतक रुपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतीबाट यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सचेतक सोशीले शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी हुन् ।

उनले संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुंगिन नसकेको भन्दै पटक–पटक संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक रोकिएको बताइन् । उनले सहमतीबाट छिटो टुङ्ग्याउनको लागि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्– ‘शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसीको विषयलाई म एकचोटी पुनः यो संसदमा बोल्न चाहन्छु । शान्ति प्रक्रिया अब टुंगिन्छ कि भन्ने हुँदाहुँदै पनि फेरि पनि रोकिने क्रम जारी रहेको छ । सरकारलाई आग्रह गर्न चाहन्छु, अब यसलाई विलम्व नगरी सहमतीय प्रणालीबाट यथाशीघ्र टुङ्ग्याउने प्रक्रियातिर ध्यान जाओस् ।’

सचेतक चौधरीले विपद् पूर्वतयारी व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend