logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जनसरोकारका विभिन्न विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण, कुन सांसदले के भने ?

    जनसरोकारका विभिन्न विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण, कुन सांसदले के भने ?

    588
    Shares
    जनसरोकारका विभिन्न विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण, कुन सांसदले के भने ?

    काठमाडौं । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले जनसरोकारका महत्वपूर्ण विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले सरकारी कार्यालयमा भ्रष्टाचार हुने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले स्थानीय सडकहरु राष्ट्रिय राजमार्गसँग जोड्न सरकारले बजेट व्यवस्थापन गर्ने गरेपनि खास प्रगति नभएको भन्दै कतिवटा पालिकामा पक्की सडक पुगे भनेर प्रश्न समेत गरिन् ।

    उनले भनिन् – ‘राज्यका मातहतमा रहेका सरकारी कार्यालयहरुमा नै भ्रष्टाचार भएको हुन्छ । म सरकारलाई सोध्न चाहन्छु, सार्वभौम संसदको सर्वोच्चता प्रशासन कसको हितमा प्रयोग हुँदैछ ? आम जनताको, विचौलियको या सिमित नेता वा व्यापारीको ? सरकारले प्रत्येक वर्ष बजेट वक्तव्यमा उल्लेख गरिएको हुन्छ, स्थानीय तहहरु पक्कि सडक सञ्जालबाट नजोडिएका सडकहरु जोड्ने भनेर ।

    तर अहिलेसम्म कुनैपनि स्थानीय तहहरुमा पक्कि सडक हुन सकेका छैनन् । केन्द्रले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक–पटक बजेट पनि छुट्याइन्छ । म सरकारलाई सोध्न चाहान्छु, ७५३ वटा पालिकाहरु मध्ये कतिवटा पालिकामा पक्की सडक पुगे ? र कतिओटा बाँकी छन् ? आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यमा ७ अर्ब ८ करोड छुट्टयाएको छ । अब त्यो बजेट कुन–कुन स्थानीय तहको लागि जाँदैछ सरकारसँग जवाफ पाउँ ।’

    नेकपा(एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले गुठि विधेयक चाँडै ल्याउनुपर्नेमा जोड दिए । उनले भोगचलन गर्दै आएका किसानहरुकै नाममा जमिनको स्वामित्व हस्तान्तरण हुनुपर्ने बताए ।

    उनले भने – ‘गुठि विधेयक चाँडै ल्याउनुप¥यो । किसानको नाममा जमिनको स्वामित्व हस्तान्तरण गर्नुप¥यो । लमही, भालुवाङ, अमिलिया र दक्षिण बेल्टका जनताहरुलाई लालपुर्जा दिनुप¥यो । जनताहरु बसोबास गरेका, खनजोत र उपभोग गरिरहेका स्कुल, विश्वविद्यालय र संघसंस्थाको नाममा रहेको लगत कट्टी गरी बसोबासीहरुको नाममा गर्नुप¥यो ।’

    जनमत पार्टीका सांसद अब्दुल खानले देशको अवस्था जर्जर भएको टिप्पणी गरे । उनले जनताले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका जनजीविकाका सवालमा गुणस्तरियता, जीवनोपयोगी र निःशुल्क खोजेको भन्दै राज्यले जनताको कुुरा पूरा गर्नुपर्ने बताए ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट समाजवाद नआउने बताए । उनले सुगौली सन्धीदेखि यताका सबै घटनाक्रमहरुको छानविन गर्नुपर्ने बताए ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई राज्य सत्ताले संरक्षण गरिरहेको बताए । उनले राज्यसत्ताको रजाइँ गर्नेहरुले नै सहकारी लुटिरहेका बताए ।

    आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले कानूनले प्रतिवन्ध गरेको लागऔषधको खुलेआम बिक्री वितरण हुने गरेको भन्दै यसमा कडाइ गर्नुपर्ने बताए । उनले लागुऔषध आउने स्रोतको सम्बन्धमा अनुसन्धान गर्नुपर्नेमा पनि जोड दिए ।

    विशेष समयमा बोल्दै नेकपा(एमाले)का सांसद सूर्य प्रसाद ढकालले अपांगता भएका व्यक्तिहरुलाई विशेष हक, अधिकार तथा संरक्षणको व्यवस्था गर्नुपर्ने बताए । उनले हरेक क्षेत्रमा विशेष सहुलियत दिनुपर्ने पनि बताए ।

    त्यस्तै अपांगता भएका व्यक्तिहरुलाई रोजगारीको सुनिश्चितता गर्न पनि उनले माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend