logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयो : सांसदहरु

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयो : सांसदहरु

    448
    Shares
    अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रक्रिया उल्टो भयो : सांसदहरु

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले कुनैपनि सन्धी गर्दा आवश्यक छ की छैन भन्ने अध्ययन गरेर मात्रै गर्नुपर्ने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभामा प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथीको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

    उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) भारत र फ्रान्सको सहयोगमा स्थापना भएको बताए । उनले यस सन्धीबाट नेपालले धेरै भन्दा धेरै फाइदा लिन सक्नुपर्ने बताए । उनले सन्धीमा नेपाल सामेल हुनु उपयुक्त र नेपालका लागि फाइदाजनक रहेको बताए ।

    उनले भने, ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) भारत र फ्रान्सको सहयोगमा स्थापना भएको हो । यसमा पनि संसारमा एउटा प्रतिष्पर्धा छ । त्यो प्रतिष्पर्धाबाट हामीले फाइदा उठाउनुपर्छ । खासगरी सोलारमा सबैभन्दा अगाडि र छिटो विकास गर्ने देश चीन हो । जसको सोलारको गुणस्तर पनि राम्रो र मूल्य पनि सस्तो छ । त्यसकारण त्यसको बजार अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । सौर्य उर्जाको उत्पादन संसारभर नै बढ्दै गएको छ र नेपालमा पनि सौर्य शक्तिबाट बिजुली उत्पादनको सम्भावना राम्रो छ ।

    यो सन्धीमा नेपाल सामेल हुनु उपयुक्त र नेपालका लागि फाइदा पनि छ । तर विश्वव्यापी रुपमा देखापरेको प्रतिष्पर्धाबाट नेपालले फाइदा लिनुपर्छ । यो गठबन्धनमा पनि हामी हतारमा सामेल भयौँ । कुनैपनि सन्धी हाम्रा लागि आवश्यक छ की छैन, त्यसमा अध्ययन गरेर मात्रै सन्धी गर्नुपर्छ ।’

    छलफलमा नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रक्रियागत रुपमा उल्टो भएको बताए । उनले प्रक्रियाका रुपमा उल्टो भएपनि मग्र स्थितिका हिसावले अति आवश्यक रहेको बताए । उनले सन्धीलाई संसदले पास गरेर कार्यान्वयनको दिशामा लैजानुपर्ने पर्ने बताए ।

    उनले भने, ‘प्रक्रियाका हिसावले पहिला हाम्रो संसदमा गहन छलफल गरेर ति सुझावहरुका आधारमा सम्झौता गर्दा प्रक्रियागत हिसावले सुल्टो हुन्थ्यो । तर पनि सम्झौता भइसकेको छ, गत चैत्र ५ गते यही संसदमा हामीले सैद्धान्तिक छलफलमा भाग लिएका थियौँ । प्रक्रियाका हिसावले यो उल्टो भएपनि आजको समग्र स्थितिका हिसावले अति आवश्यक छ । संसदले पास गरेर कार्यान्वयनको दिशामा लैजानुपर्छ ।’

    छलफलमा नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता स्वागतयोग्य रहेको बताए । उनले सन्धीमात्रै गरेर नहुने भन्दै उनले गतिका साथ अघि बढाउनुपर्ने सुझाव दिए ।

    उनले भने, ‘यो स्वागतयोग्य छ । राष्ट्रलाई उत्पादनमा लगाउनुपर्छ । यो सन्धी मात्रै पास गर्ने हो की गतिका साथ अघि बढ्ने हो ? यो शंकास्पद नै छ । यो पास होस्, यसका पक्षमा छौँ तर यो देशलाई अहिले पनि जलश्रोतको धनी देश भन्ने र लोडसेडिङमा परेको पर्यै गर्ने । यही सदनमा गुञ्जायमान छ । यस्तो गर्मीमा जनताले लोड सेडिङ खेपिरहनुभएको छ ।’

    उनले नेपाल जलश्रोतको धनी देश भएपनि अहिले लोड सेडिङ बढिरहेको भन्दै गुनासो गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend