विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।
प्रहरीले घटनामा लहान नगरपालिका १० का २१ बर्षिय ब्रम्हदेव साह, इटहरी उपमहानगरपालिका १२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सोमबार अपरान्ह स्काइपमार्फत आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले मृतककी श्रीमती मिना श्रेष्ठ दुलालको योजनामा ब्रम्हदेव साह र सोनु साहको सहयोगले दुलालको हत्या गरिएको जानकारी दिए ।
अनुसन्धानबाट श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो नरहेको पाइएको छ’ उनले भने, ‘श्रीमानसँग बदला लिने उद्देश्यसहित हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’