एजेन्सी । इजरायलका उत्तरी कमाण्डका जनरल ओरी गोर्डिनले हिजबुल्लाह बिरुद्धको ठूलो आक्रमणको लागि सेना तैनाथ गरेको बताएका छन् ।
इजरायल र हिजबुल्लाहबीच मुख्यतया लेबनानको माटोमा लडेको २००६ लेबनान युद्धको १८ वर्षको अवसरमा आयोजित समारोहमा बोल्दै गोर्डिनले सेनाको मिसन उत्तरी इजरायलमा सुरक्षा फिर्ता गर्ने रहेको बताए ।
यो मिसन पूरा नभएसम्म लडाइँ जारी राख्नुबाहेक विकल्प नरहेको बताए । इजरायल र हिजबुल्लाहले अक्टोबर ७, २०२३ देखि इजरायल-लेबनान सीमामा हिंसा जारी छ । इजरायलले हिंसा शान्त नभएमा हिजबुल्लाह बिरुद्ध पूर्ण युद्ध शुरु गर्ने धम्की दिएको छ ।