बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुनको मूल्य फेरि नयाँ उचाइमा, तोलाको कति पुग्यो ?

सुनको मूल्य फेरि नयाँ उचाइमा, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा छापावाला सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।

याे पनि पढ्नुहाेस् :

तोलामा थप ६ हजार भन्सार लागेपछि सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा, कतिमा भयो कारोबार ?

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend