logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री दाहाल

    प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री दाहाल

    665
    Shares
    प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताएका छन् । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरु प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहरेको बताए । उनले सबैको प्रयास सकेसम्म प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा रहनुपर्ने बताए ।

    उनले अहिलेको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको बताए ।

    उनले भने, ‘अहिलेको राजनीतिक सन्दर्भमा दुई वटा प्रवृत्तिहरु एउटा त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गरेर लैजाने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने भन्ने एउटा ट्रेन छ । राजनीतिक प्रवृत्ति छ । अर्को ट्रेन यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ । यो दुई वटा प्रवृत्तिको बीचमा कहिले खुला खालले बहस हुन्छ र कहिले विभिन्न रुपमा चलिरहेको छ ।

    त्यसमध्येको जसले यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरुको आक्रमणको तारो प्रदेश भएको छ । तारो, कहाँबाट शुरु गर्ने भन्दा प्रदेशलाई डिफेम गरेर प्रदेशलाई कमजोर पारेर, प्रदेशको आवश्यकता छैन, बेकार खर्च मात्रै भन्नेखालको जनताका कन्फ्युजन क्रिएट गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ । हाम्रो कोशिस सकेसम्म प्रदेशलाई बलियो बनाएर स्थानीय तहलाई बलियो बनाएर र यो सिस्टम, यो कन्स्ट्रिच्युसन र यो सबै प्रक्रिया ठिक छ भनेर पुष्टि गर्ने हाम्रो जोड छ । यि दुई धारमा पेचिलो नै संघर्ष चलिरहेको छ ।’

    प्रधानमन्त्री दाहालले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पर्याउन आफूले पहल गरिरहेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend