logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

    504
    Shares
    राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रबिधीको व्यवस्था मिलाउन दुई संस्थाहरुबीच सम्झौता भएको छ ।

    यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको बैंकले जनाएको छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ भने एनसिएचएलको माध्यमबाट यस्ता कारोवारहरु हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend