सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

गाँजाको कानून बनाउन सरकारलाई समितिकाे निर्देशन

गाँजाको कानून बनाउन सरकारलाई समितिकाे निर्देशन

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक काठमाडौँ, २५ जेठ ः प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुनलगायत सहभागी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै समिति सभापति डा.आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् । उनले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताइन् । उनले गृह मन्त्रालयबाट शुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउने प्रतिवद्धता सकारात्मक भएको बताइन् । उनले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गरिन् ।

उनले तीन महिनासम्म सरकारले गर्ने काम हर्ने आवश्यकता अनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताइन् । उनले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिइन् ।

उनले भनिन्,‘जाँगा खेतीका विषयमा सबै नागरिकलाई सरकारले कति लगिरहेको छ भन्ने चासो लागेको छ । गृहमन्त्रालयबाट शुरुहुने पर्ने प्रथम पाइला गृह मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउछु भन्नुभएको छ । गृहमन्त्रालयलाई समिति सहयोग गर्न तयार छ । एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बन्यो भने खुशी हुन्छौं ।

तीन महिनासम्म सरकारले गर्ने काम हेर्छौं । आवश्यक परे उपसमिति बनाएर काम गर्छौं । समितिले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिन चाहन्छुु । गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्छ । गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल चाँडो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्दछु ।’

उनले गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्ने बताइन् । उनले गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल बाटो खोल्न गृह मन्त्रालयलाई अनुरोध गरिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend