बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सहकारी छानविन प्रतिवेदन उपलब्ध गराउन संवद्ध पक्षलाई संसदीय छानविन विशेष समितिको आग्रह

सहकारी छानविन प्रतिवेदन उपलब्ध गराउन संवद्ध पक्षलाई संसदीय छानविन विशेष समितिको आग्रह

काठमाडौं । सहकारी वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले सहकारी छानविनसँग सम्बन्धित प्रतिवदेनहरु उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानविनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन तत्काल उपलब्ध गराउन संवद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो ।

सहकारी छानविनको सम्बन्धमा विगतमा बनेका सबै छानविन समिति र जाँचबुझ आयोगहरुको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्वद्ध सबै पक्षलाई असार २ गते भित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल शुरु गरिएको छ ।

त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरुसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए । बैठकमा सचिवालय तयार पारेको प्रस्तावमा पनि सदस्यहरुले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रुपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमती पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।

समितिको यसअघि बसेको बैठकले सचिवालयलाई कार्यविधिका लागि मस्यौता पेश गर्न निर्देशन दिएको थियो । सोही अनुसार आजको बैठक कार्यविधि पेश भएको र त्यसमा छलफल पनि शुरु गरिएको विशेष समितिले जनाएको छ । सभापति थापाले प्रश्तावित कार्यविधिमा कार्यतालिका पनि समावेश गरिएको र तोकिएकै समितिमा आफ्नो काम सम्पन्न गर्ने गरी समितिले आफ्नो कामलाई अघि बढाउने पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend