logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • धादिङ जिल्लामा नयाँ कोरोना संक्रमित पुष्टी भएपछी थाक्रे नगरपालिकाको क्षेत्र सिल

    धादिङ जिल्लामा नयाँ कोरोना संक्रमित पुष्टी भएपछी थाक्रे नगरपालिकाको क्षेत्र सिल

    1.8K
    Shares

    धादिङ जिल्लामा नयाँ कोरोना संक्रमित पुष्टी भएपछी जिल्लाको थाक्रे गाऊँपालिकाको पूर्बमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेशखोला र दक्षिणमा ऊडुवादेबी आवासिय माध्यामिक बिध्यालय भित्रको क्षेत्रलाई सिल गरेको छ।

    सिल गर्नु अगाडी मँगलबार बिहान प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले आगामी जेठ ११ गते राती १२ बजे सम्म सँक्रमक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकले उल्लेखित चार किल्ला क्षेत्र भित्र पुर्ण शिलबन्दी गर्ने, पुर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकता अनुसार नेपाली सेनाले भेईकल पेट्रोल गर्ने लगायतका निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार  आचार्यले सुनौलो नेपाललाई बताउनुभयो ।

    बैठकले सँक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाईनको व्यवस्था गर्ने लगायतका निर्णय सँगै एम्बुलेन्सलाई कोभिड प्रतिकार्यका लागि २४ घण्टा अवस्थामा राख्ने निर्णय भएको थाक्रे गाउँपालिकाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend