बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बंगलादेशले शुरु गर्यो मेगा रुख रोपण अभियान, ८ करोडभन्दा बढी बिरुवा रोप्ने

बंगलादेशले शुरु गर्यो मेगा रुख रोपण अभियान, ८ करोडभन्दा बढी बिरुवा रोप्ने

एजेन्सी । बंगलादेश सरकारले यस वर्षको मनसुन सिजनमा ८ करोडभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ मेगा वार्षिक राष्ट्रव्यापी वृक्षरोपण अभियान शुरु गरेको छ । प्रधानमन्त्री शेख हसिनाले बंगबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणबाट अभियानको शुभारम्भ गरेका हुन् ।

बिरुवा रोप्न र हुर्काउन सबैलाई आग्रह गर्दै उनले जलवायु परिवर्तनको प्रतिकुल असरबाट बंगलादेशलाई जोगाउनु पर्ने र त्यसका लागि आफ्नो सरकार कटिवद्ध रहेको बताए ।

करिव २५० नदीनालाले बगाएको र जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको देशको वातावरण जोगाउन मानिसहरूलाई उत्प्रेरित गर्न सन् १९९४ मा पहिलो पटक शुरु भएको महिना लामो वार्षिक अभियानलाई महत्वपूर्ण कार्यक्रमका रूपमा लिइन्छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend