सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सेयर बजारमा गिरावट, ५ अर्ब १८ करोड बढीको कारोबार

सेयर बजारमा गिरावट, ५ अर्ब १८ करोड बढीको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर २०७३ विन्दुमा आएर रोकिएको छ । आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर छ ।

आइतबार ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ ।

आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेकाे छ । इस्टर्न हाइड्रोपावर, शुभव पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

होटल र टुरिजम, हाइड्रोपावर, लगानी, उत्पादनमूलक र अन्य समूहको सूचक बढेको हो । यसबाहेक सबैजसो समूहमा गिरावट आएको छ । आज बुद्धभमी नेपाल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend