एजेन्सी । युरोपेली संसदका ३३ प्रतिनिधिका साथै ३ हजार १८६ मेयर, स्थानीय र काउन्टी प्रमुखहरू चयन गर्न आईतवार भएको मतदानमा करिव १ करोड ८० लाख रोमानियनहरूले भाग लिएका छन् ।
रोमानियामा, लगभग १५ उम्मेद्वारहरू युरोपेली संसदको चुनावमा एक सिटका लागि प्रतिष्पर्धामा छन् । रोमानियाको स्थायी निर्वाचन प्राधिकरणले यसबारेमँ जानकारी दिएको हो ।
एईपीका अध्यक्ष टोनी ग्रेब्लाले यसअघि नै युरोपेली संसदको निर्वाचनका लागि ४९४ जना उम्मेदवार दर्ता भएको घोषणा गर्नुभएको थियो । उम्मेदवारहरूमध्ये १६७ महिला छन् । यसले कुल ३३.८१ प्रतिशत प्रतिनिधित्व गर्दछ ।
रोमानियामा युरोपेली संसदीय निर्वाचन स्थानीय चुनावको एकै दिन भएकोले, इपी सूचीमा धेरै उम्मेदवारहरू मेयर वा स्थानीय काउन्सिलरको लागि पनि प्रतिष्पर्धामा छन् ।