
काठमाडौं। सिजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिमका लागि ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिजीले नेपाल क्रिकेट संघ (क्यान) लाई सो रकम हस्तान्तरण गर्ने भएको हो । सोमबार पत्रकार सम्मेलन गरी सिजीले सहयोग गर्ने जानकारी दिइएको छ । नेपालले २०२७ को आईसीसी यु–१९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न लागेको सिजीले जनाएको छ ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदीप पुडासैनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सिजीले नेपाल दोस्रो पटक आईसीसी पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेज’ ल्याएको पनि आयोजकले जनाएको छ । वाइ वाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताएको छ ।
वाइ वाइ चाउचाउले गत साता जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको थियो।
जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्सले जनाएको छ । यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाइ वाइ चाउचाउको तर्फबाट नगद ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।
याे पनि :
वाइ वाइले राष्ट्रिय क्रिकेट टिमलाइ सुपर–८ पुगे ३० लाख पुरस्कार दिने, प्रत्येक रनमा १ हजार
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend