logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेश

    राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेश

    791
    Shares
    राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेश

    काठमाडौं । राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरेका हुन् ।

    उनले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुपरेको बताए ।

    सांसद शेर्पाले भने, ‘नेपालमा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षतिको बारेमा समाचार आईरहेका छन् । गएको महिना बैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भिर र २ हजार २३४ जना सामान्य घाईते भएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ५ हजार ९४ जना गम्भिर र २१ हजार १४१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

    सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरेको छ । तसर्थ सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचारको, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेश गरिएको हो । ’

    प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ ।

    सो जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक सांसद शेर्पा रहेका छन् भने सांसदहरु जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend