logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • विदेशमा अलपत्र परेका नेपाली फर्काउन केन्द्रका मन्त्री खटाइँदै, कसलाई कुन प्रदेशको जिम्मेवारी ?

    विदेशमा अलपत्र परेका नेपाली फर्काउन केन्द्रका मन्त्री खटाइँदै, कसलाई कुन प्रदेशको जिम्मेवारी ?

    1.3K
    Shares

    सरकारले विदेशबाट फर्किनेको व्यववस्थापन गर्न सातै प्रदेशमा १-१ जना संघीय सरकारका मन्त्रीलाई ‘फोकल पर्सन’ तोकेर कार्यविधि बनाउन जिम्मेवारी दिएको छ । विदेशमा अलपत्र परेका नेपाली ल्याउने कार्यविधि बनाउने जिम्मा केन्द्रका १/१ जना मन्त्रीलाई दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले बताए ।

    उनका अनुसार संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्ने जिम्मा दिएको छ ।

    प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइनलगायतका व्यवस्थाको अध्ययन गरेर कार्यविधि सरकारलाई पेस गर्नुपर्ने उनले बताए । उनका अनुसार फोकल पर्सनले बनाएको कार्यविधि प्रधानमन्त्री कार्यलय र समितिले अध्ययन गरेका विदेशबाट नेपाल फकाउने निर्णय गर्ने भएको छ।

    भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्यविधिकाब बनाउनुपर्ने बताइएको छ । खाडीलगायत तेस्रो मुलुकबाट नेपालीलाई फर्काउँदा सम्बन्धित देशमा कोरोना संक्रमित नभएको कागजात हुनुपर्नेजस्ता विषयमा अध्यायन गर्नुपर्ने जनाइएको छ ।

    संक्रमित भएको व्यक्तिलाई सम्बन्धित देशमै उपाचार गर्ने र ल्याउन मिल्ने नमिल्ने विषयमा अध्ययन गर्ने भनिएको छ । भारतबाहेक करिब ७ लाख नेपाली स्वदेश फर्किने अनुमान सरकारको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend