logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

    वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

    917
    Shares
    वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

    काठमाडौं । सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनमा गर्ने भएको जानकारी दिएको हो ।

    सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै श्रमरोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले सरकारले अभियानको रुपमा आयोजना गरिरहेको श्रमधान रोजगार मेला मंगलवार वागमती प्रदेशमा हुन लागेको बताए । उनले सरकारले वागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान रहेको बताए । उपसचिव सुनुवारले ६ प्रदेशहरु गरेको श्रमधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको बताए ।

    उनले स्वदेशमा नै बसेर नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्यले सरकारले श्रमाधान रोजगार मेलाको अभियान गरेको बताए । उनले मंगलवारको मोल ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेको बताए । उनले मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको बताए ।

    उनले भने,‘सरकारले आयोजना गरेको मंगलवार देखि श्रमधान रोजगार मेला वागमती प्रदेशमा हुन लागेको छ । सरकारले बागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने अभियान हो । तर बिट मार्दा मार्दै बिश्राम लिने छैनौं । यो निरन्तर अगाडि बढ्छ । अर्को महत्वपूर्ण कुरा ६ प्रदेशहरुमा जसरी श्रमधान मेला आयोजना गरिँदै गयो । जसले रोजगारीको खोजीमा जो हुनुहुन्थ्यो । उहाँहरुको लागि श्रमधान मेलाको आयोजना गरेका हौं । जसले स्वदेशभित्रै नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्य हो ।

    ६ प्रदेशका सिकाईहरु र सम्बोधन गर्नुपर्ने विषयहरुलाई समावेश गर्ने प्रयास गरेका छौं । त्यसको प्रारम्भ मंगलवार १० बजे पाटन संयुक्त क्याम्पसको परिसरमा मेला आयोजना भइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको आयोजनामा र विभिन्न ६ सह–आयोजक मार्फत मेला आयोजना हुँदैछ । मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास रेहेको छ ।

    मेलामा विभिन्न चरण र कोशिस गरेका छौं । गत १७ गतेदेखि शुरु भएको श्रमाधान रोजगार मेलामा त्यो अभ्यास भयो । मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुनेछ । घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानु पर्ने अवस्था छ । अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जर्यो भन्ने सपनालाई सकार बनाउँछौं ।’

    उनले मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल सहित सहभागिता हुने बताए । उनले मेलाले घरपरिवारसँग छुटेर परिवारको सुख र परिवारको सपना पूरा गर्छु भन्दै श्रम गन्तव्य मुलुकमा काम गर्न जानुपर्ने अवस्थालाई कम गरी अब मुलुकमा नै सम्भव छ,केही गर्ने अवसर जर्यो भन्ने सपनालाई सकार बनाउन मद्दत गर्ने दाबी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend