logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • चीनले भन्यो : कालापानीको सीमा विवाद नेपाल र भारतको हो

    चीनले भन्यो : कालापानीको सीमा विवाद नेपाल र भारतको हो

    1.4K
    Shares

    चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।

    भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ ।

    तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

    नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

    साथै चीनले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend