logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • बाँकेको नैनापुर गाउँपालिकामा ६८ जना कोरोना संक्रमित, आइसोलेसनमा जान कोही पनि मानेन्

    बाँकेको नैनापुर गाउँपालिकामा ६८ जना कोरोना संक्रमित, आइसोलेसनमा जान कोही पनि मानेन्

    2.7K
    Shares

    नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरु नेपालगञ्जको आइसोलेसन आउन नमानेपछि स्थिति तनावग्रस्त भएको छ ।

    नरैनापुर क्षेत्रका ५९ जनालाई कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई उपचारका लागि आइसोलेसन ल्याउने प्रशासनको तयारी भने जारी छ । पोजिटिभ देखिएकाहरुले आफ्नै ठाउँमा बस्ने अन्यत्र जान नमानेपछि सुरक्षा अधिकारीलाई समेत हम्मे हम्मे भएको छ।

    नरैनापुरमा अहिलेसम्म आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई उपचारका लागि बाँकेको खजुरास्थित प्रखर सुशील कोइराला क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी गरिरहँदा उनीहरुले नजाने अडान लिएपछि सुरक्षा अधिकारीहरुलाई समस्या थपिएको छ ।

    कोरोना देखिएको स्थल आसपास केही नभएको र अनावश्यक दुःख दिइरहेको भन्दै स्थानीयले समेत विरोध जनाएका छन् ।

    मंगलबार बसेको सुरक्षा बैठकले नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताल र कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम कक्षमा आइसोलेसन वार्ड बनाएर उनीहरुलाई ल्याउने निर्णय गरिए अनुरुप तयारी सुरु गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

    नरैनापुरमा एक जना युवाको कोरोनाबाट मृत्यु भइसकेको छ । सोमवारमात्र नरैनापुरमा ५९ जनामा कोरोना पोजिटिभ देखिएको थियो । यस अघि नरैनापुरमै ८ जनाको कोरोना पोजिटिभ देखिएपछि उनीहरुको दाङ स्थित बेलझुण्डीको आइसोलेशनमा राखेर उपचार भैरहेको छ ।

    नरैनापुरका संक्रमितहरुलाई उपचारका लागि एम्बुलेन्स समेत पुगिसकेको थियो । नरैनापुरमा कोरोनाको महामारी बढी देखिएको भन्दै प्रशासनले चारै नाका सिल गरेको छ ।

    स्थानीय नागरिकलाई आवतजावतमा समेत रोक लगाइएको छ भने संक्रमितहरु भाग्न नपाउन भनेर सुरक्षा कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । अहिलेसम्म बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ९३ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend