शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे र लेखा आयोगको अध्यक्षमा लिला लामा

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे र लेखा आयोगको अध्यक्षमा लिला लामा

काठमाडौं-  नेकपा एमाले उद्योग व्यावसाय जिल्ला कमिटी लेखा आयोगको अध्यक्षमा लिला बहादुर लामा तामाङ निर्बिरोध निर्वाचित भएका छन्  ।

तीनदिन अघि देखि सुरु भएको अधिवेशनमा हिजो निर्वाचन भएको थियो । निर्वाचनबाट उद्योग व्यावसाय जिल्ला कमिटी अध्यक्षमा  गोबिन्द  घिमिरे र सचिवमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

निर्वाचन समितीका अनुसार अध्यक्ष पदमा गोबिन्द  घिमिरे र यामप्रसाद तिवारीले बराबर ८९ मत प्राप्त गरेपछि गोलाप्रथााट घिमिरेलाई निर्वाचित भएको घोषणा गरिएको हो । यसैगरी उपाध्यक्षमा माधव भट्टराईले १०८ मत ल्याएर विजयी भएका थिए ।उनका प्रतिष्पर्धी राजेन्द्र सापकोटाले ६५ मत प्राप्त गरेका थिए ।

यसैगरी त्यसै दुईजना प्रतिष्पर्धीलाई पराजित गर्दै उपसचिवमा जीवन थापा निर्वाचित भए उपसचिवमै मलिसा लिम्बू निर्विरोध निर्वाचित हुँदा सचिवमा भने प्रतिष्पर्धी रोहन गुरुङलाई फराकिलो मतान्तरले परािजत गर्दै राजेन्द्र भण्डारी निर्वाचित भए । भण्डारीले १२४ मत ल्याउँदा गुरुङले ५० मत मात्र प्राप्त गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend