logo

२०८१ असार ९ आइतबार

logo
  • आइतबार, ९ असार २०८१
  • भूपेश तिम्सिनाको नयाँ गीत ‘धेरै कोशिस’ बजारमा

    भूपेश तिम्सिनाको नयाँ गीत ‘धेरै कोशिस’ बजारमा

    819
    Shares
    भूपेश तिम्सिनाको नयाँ गीत ‘धेरै कोशिस’ बजारमा

    काठमाडौं । गायक भूपेश तिम्सिनाको पछिल्लो गीत ‘धेरै कोशिस’ सार्वजनिक भएको छ । भूपेशकै शब्द, संगीत, र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    निशान घिमिरेको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा सञ्जय अधिकारीको सम्पादन छ । गीतको भिडियोमा आफूले माया गर्ने मान्छेप्रतिको समर्पण भाव व्यक्त गरिएको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ ।

    गीतको भिडियो भूपेशको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बसोवास गर्दै आएका तिम्सिनाले धेरै नेपाली गीत गाएका छन् भने केही हिन्दी गीतमा समेत स्वर दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend