बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रले ऊर्जा पाउँदा, मनाङे भौतिकमा दोहोरिए

गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रले ऊर्जा पाउँदा, मनाङे भौतिकमा दोहोरिए

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । उनले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए बापत मन्त्री पाएका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

योसँगै गण्डकी मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।

याे पनि पढ्नुहाेस् :

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend