शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

शेयर बजारमा हरियाली, आज ३३.१५ अकंले बढ्याे नेप्से

शेयर बजारमा हरियाली, आज ३३.१५ अकंले बढ्याे नेप्से

काठमाडौँ । मंगलबार शेयर बजारमा हरियाली आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको छ ।

आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको ३६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार जीवन बीमा कम्पनीको समूहको २.४० प्रतिशत, निर्जीवन बीमा समूहको २.१९ प्रतिशत, फाइनान्स समूहको २.१६ प्रतिशत, हाइड्रोपावर समूहको २.५८ प्रतिशत, व्यापार समूहको २.१२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

मंगलबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोपावर, ग्रिन भन्र्चस, कुथेली बुखेरी स्मल, भगवती हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend